संसद्मा तीन दलको मात्रै सिन्डिकेट चलेको भन्दै रविको आक्रोश

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद् तीन दलको निर्णयमा चलेको भन्दै आक्रोश पोखेका छन् ।
आइतबार संसद् भवन परिसरमा पत्रकारहरूसँग कुराकानीको क्रममा सो आक्रोश पोखेका हुन् । साथै उनले पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा संसद्मा रास्वपालाई बोल्न नदिएकोबारे गुनासो गरेका छन् ।
साथै मिटरब्याज पीडितलाई न्याय दिनका लागि अगाडि बढाइएको विधेयक निष्क्रिय भएकोमा असन्तुष्टि जनाएका छन् । उनले मिटरब्याजसम्बन्धी कानुनको पक्षमा रहेको समेत बताएका छन् ।
केही दिनदेखि प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक पटक दिल्ली गएको विवादास्पद अभिव्यक्ति दिएपछि एमालेले राजीनामा माग्दै संसद अवरोध गर्दै आएको थियो । उक्त विषयमा आज प्रमुख तीन दलबीच छलफल समेत भयो । छलफलपछि संसद् अवरूद्ध नगर्ने सहमति भएको थियो । बैठक तीन बजेट बस्ने भनेपनि बस्न भने सकेन ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया