संसद्मा तीन दलको मात्रै सिन्डिकेट चलेको भन्दै रविको आक्रोश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद् तीन दलको निर्णयमा चलेको भन्दै आक्रोश पोखेका छन् ।
आइतबार संसद् भवन परिसरमा पत्रकारहरूसँग कुराकानीको क्रममा सो आक्रोश पोखेका हुन् । साथै उनले पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा संसद्मा रास्वपालाई बोल्न नदिएकोबारे गुनासो गरेका छन् ।
साथै मिटरब्याज पीडितलाई न्याय दिनका लागि अगाडि बढाइएको विधेयक निष्क्रिय भएकोमा असन्तुष्टि जनाएका छन् । उनले मिटरब्याजसम्बन्धी कानुनको पक्षमा रहेको समेत बताएका छन् ।
केही दिनदेखि प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक पटक दिल्ली गएको विवादास्पद अभिव्यक्ति दिएपछि एमालेले राजीनामा माग्दै संसद अवरोध गर्दै आएको थियो । उक्त विषयमा आज प्रमुख तीन दलबीच छलफल समेत भयो । छलफलपछि संसद् अवरूद्ध नगर्ने सहमति भएको थियो । बैठक तीन बजेट बस्ने भनेपनि बस्न भने सकेन ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया