विशेष कारण देखाउँदै राष्ट्रिय सभा बैठक स्थगित
काठमाडौं । सोमबार बिहान ११ बजे बस्ने भनिएको राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित भएको छ। विशेष कारणवश बैठक स्थगित भएको संसद सचिवालयले जनाएको छ ।
असार १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको विवादास्पद अभिव्यक्तिका कारण प्रमुख प्रतिपक्ष दल एमालेले निरन्तर संसद अवरूद्ध गर्दै आएको छ ।
संघीय संसदको दुबै सदन सूचारू गर्न आइतबार प्रचण्डले विपक्षी दलका नेता केपी ओलीसँग छलफल गरेका थिए । प्रधानमन्त्रीले संसदमा स्पष्टिकरण दिएर संसदको अवरोध हटाउन तीन नेताबीच सहमति भएपनि अन्तिम समयमा भाँडिएको थियो ।
असार २१ गते प्रधानमन्त्रीको सचिवायले निकालेको प्रेस नोट आपत्तिजनक भएको भन्दै एमालेले थप छलफल नगरी संसद चल्न नदिने अडान लिएको छ । एमालेको अनावश्यक अडानका कारण आइतबार दिउँसो ३ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठकसमेत स्थगित भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा नआएसम्म संसद चल्न नदिने अडानमा रहेको एमाले प्रचण्डसँगको छलफलपछि केही लचिलो भएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया