मनाङ एयरको हेलिकोप्टरमा सवार पाँचजनाको मृत्यु
काठमाडौं । दुर्घटनाग्रस्त अवस्थामा भेटिएको मनाङ एयरको हेलिकोप्टरमा सवार पाँचजनाको मृत्यु भएको छ ।
त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले हाल पाँचजनाको शव फेला परेको र एकजनाको खोजी कार्य जारी रहेको जानकारी दिएका हुन् ।
लिखुपिके गाउँपालिका वडा ५ मा पर्ने लामजुरा डाँडामा हेलिकोप्टर दुर्घटना भएको भएको हो ।
सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर काठमाडौँका लागि उडेको मनाङ एयरको एनए–एमभी कलसाइन भएको हेलिकोप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया