सात महिनामा सरकारले सिन्को पनि भाँचेन : ओली
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओलीले सात महिनामा सरकारले केही पनि नगरेको बताएका छन् । जनताको आँखामा छारो हाल्न झुट बोलेको आरोप लगाउँदै उनले यीबीचमा सिन्को नभाँचेको आरोप लगाएका हुन् ।
‘सात महिना त सिद्धियो । यो सरकारले के गर्यो त ? ढाँट्छ, छक्याउँछ । वरतिरको सिन्को परतिर के सार्यो ? केही पनि गरेको छैन राम्रो काम’, मंगलबार केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा बोल्ने क्रममा उनी सरकारमाथि आक्रोसित भए ।
यसैगरी मिटरब्याजीहरूको सम्बन्धमा गृहमन्त्रीले एमालेले विधेयक पारित गर्न नदिएको आरोप लगाएकोप्रति उनी निकै आक्रोसित भए । बैशाख २४ मा ल्याइएको विधेयक असार ५ सम्म पास नगरेर किन ढिलाइ गरिएको भन्दै उनले सरकारमाथि प्रश्न गरे ।
‘यीनीहरु नै हुन, जसले वैशाख २४ गते संसदमा पेस गर्नुपर्ने अध्यादेश सम्बन्धी प्रतिस्थापन विधेयक असार ५ गते पेस गर्छन् । के हेरेर बसे ? यीनीहरु सामन्तको पक्षमा भएका हुनाले त्यो गरेका हुन्’, उनले भने ।
सरकारले कानुन, संविधानको मतलब नराखी खाली जनता छक्याउने काम गरेको उनले बताए ।
ताजा अपडेट
-
गणतन्त्र दिवस मौलिकरूपमा मनाउन प्रधानमन्त्रीको निर्देशन
-
अब कांग्रेसले गिरिबन्धु टी स्टेटको मुद्दा पनि संसदमा उठाउने
-
नवलपरासीमा प्रदेश सरकारका दुई कार्यालय थपिँदै
-
नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन कांग्रेस सहमत, सरकारलाई राहत
-
पोखरीमा पानी संकलन गरेर सागसब्जी फलाउँदै कैलालीका किसान
प्रतिक्रिया