पहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
काठमाडौं । शनिबार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
उक्त प्रणालीको प्रभावले प्रदेश नं १ तथा बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही सोही प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी भूभागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।
राति प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने भएको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया