आर्यघाटमा प्रधानमन्त्री पत्नी सीताको अन्तिम बिदाइ (फोटो फिचर)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
सीता दाहाललाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका हुन् ।
बुधबार बिहान ६९ वर्षको उमेरमा उनको निधन भएको हो । बिदाइ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली, माधव नेपाल, मन्त्रिपरिषद्का सदस्यहरू, संवैधानिक परिषद्का पदाधिकारी, कुटनीति नियोगका अधिकारीका साथै नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।
फोटो फिचर
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया