युक्रेनलाई जर्मनीले दियो १५०० स्ट्रेला क्षेप्यास्त्र
काठमाडौं । जर्मन प्रेस एजेन्सीका अनुसार जर्मनीले युक्रेनलाई १ हजार ५ सय वटा स्ट्रेला एन्टी एयरक्राफ्ट मिसाइल र १०० एमजी ३ मेसिन गन दिएको छ । जर्मनीकी विदेशमन्त्री एनालिना बारबकले यसभन्दा अगाडि बुधबार युक्रेनलाई हतियार दिन ढिला भएको बताएकी थिइन् ।
उनले युक्रेनलाई सहयोग गर्न स्ट्रेला क्षेप्यास्त्र पनि प्रदान गरिने बताएकी थिइन् । जर्मनीको विदेश नीति अनुसार यसले द्वन्द्वग्रस्त क्षेत्र वा संलग्न देशहरूलाई हतियार दिँदैन । तर रुसले युक्रेनमा आक्रमण गरेपछि जर्मनीले आफ्नो विदेश नीति परिवर्तन गरेको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार एनालिनाले, ‘हामी विश्वमा हतियारको सबैभन्दा ठूलो निर्यातकर्तामध्ये एक हौं । यो हाम्रा लागि गर्वको कुरा होइन, तर हामीले युक्रेनलाई सहयोग गर्नुपर्थ्यो’ भनिन् ।
⚡️A shipment of 1,500 “Strela” anti-aircraft missiles and 100 MG3 machine guns from Germany arrived in Ukraine on March 25, according to the German Press Agency, citing the Ukrainian government.
— The Kyiv Independent (@KyivIndependent) March 26, 2022
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया