१०७ वर्षपछि भारतीय सेना पेरिस परेडमा
नयाँदिल्ली । समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ । फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा भोलि शुक्रबार आयोजना हुने परेडमा सहभागी हुन पञ्जाब रेजिमेन्टका सिपाही पेरिस पुगिसकेका छन् ।
सन् १९१६ मा फ्रान्सलाई जर्मनीको कब्जाबाट बचाउन सिख रेजिमेन्टका भारतीय सैनिकहरूको योगदानलाई पेरिसले फेरि सम्झिने छ जब पञ्जाब रेजिमेन्टका जवानले परेडमा भारतीय सेनाको सौर्य प्रदर्शन गर्नेछन् । यो महत्वपूर्ण घटनाले विगतको सम्झनामा भारत र फ्रान्सबीचको स्थायी सम्बन्धलाई पनि उजागर गर्नेछ ।
यो वर्ष फ्रान्सको राष्ट्रिय दिवसका विशेष अतिथि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी छन् । त्यसैले भारतीय सेनाका जवानको परेडमा उपस्थितिले अझ महत्व राख्छ । शुक्रबार हुने परेडमा भारतीय सशस्त्र बलका दुई सय ६९ जनाको टोलीले फ्रान्सेली समकक्षी कुममा कुम मिलाएर मार्च गर्नेछ ।
पेरिस र अन्य फ्रान्सेली शहरमा दङ्गा, आगजनी र अशान्तिको पृष्ठभूमिमा फ्रान्स पुगेका भारतीय सैनिकलाई फ्रान्सेली पक्षले उदार हृदयले स्वागत गरेको छ । पहिलो विश्वयुद्धको समयदेखिको यो सम्बन्धलाई अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान हुने भारतीय सेनाले जनाएको छ ।
पेरिसमा भारतीय सेनाको प्रतिनिधित्व गर्ने पञ्जाब रेजिमेन्ट भारतीय सेनाको सबैभन्दा पुरानो रेजिमेन्टमध्येको एक हो । रेजिमेन्टले दुवै विश्वयुद्ध र स्वतन्त्रतापछिका विभिन्न मिसनमा भाग लिएको छ । इतिहास दोहोरिएको यो क्षणमा साहस र वलिदानको पर्याय बनेको भारतीय सैनिकले गर्वसाथ पेरिस परेडमा भागलिएर भारत–फ्रान्स मैत्री र साझा सैन्य इतिहासलाई पुनःजीवन्त बनाउने छ ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया