दासढुंगामा बस दुर्घटना, १९ जना घाइते
काठमाडौं । चितवनको दास ढुंगामा शुक्रबार बिहान बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।
काँकडभिट्टाबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस बिहान ५ः२० बजे दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय, चितवनले दुर्घटनाको पुष्टि गर्दै बसमा सवार ४० यात्रुमध्ये २० जना घाइते भएको जनाएको छ । घाइतेहरूलाई उद्धार गरेर पुरानो मेडिकल कलेज लगिएको छ ।
दुर्घटनामा परेको बस सडकबाट तल रुखमा अड्किएको छ । बीचमै बस अड्किएकाले ठूलो क्षति हुनबाट जोगिएको प्रहरीको भनाइ छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया