राष्ट्रिय सभा बैठक अनिश्चित कालका लागि स्थगित

काठमाडौं । साउन १ गते दिउँसो १ बजेलाई बोलाइएको राष्ट्रिय सभा बैठक अनिश्चित समयका लागि स्थगित भएको छ ।
आइतबार संघीय संसदका महासचिव डा. भरतराज गौतमले विज्ञप्ति जारी गर्दै विशेष कारणबस बैठक स्थगित गरिएको उल्लेख गरेका छन् ।
‘राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अध्यक्षले अर्को सूचना र मिति नतोकिएसम्मका लागि बैठक स्थगित गरिएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्रीको राजीनामा माग्दै तीन पटकसम्म अवरोध भएको संसद बैठक प्रधानमन्त्री प्रचण्डले संसदमा सम्बोधन गरेपछि सोमबार खुलेको थियो ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया