राष्ट्रिय सभा बैठक अनिश्चित कालका लागि स्थगित
काठमाडौं । साउन १ गते दिउँसो १ बजेलाई बोलाइएको राष्ट्रिय सभा बैठक अनिश्चित समयका लागि स्थगित भएको छ ।
आइतबार संघीय संसदका महासचिव डा. भरतराज गौतमले विज्ञप्ति जारी गर्दै विशेष कारणबस बैठक स्थगित गरिएको उल्लेख गरेका छन् ।
‘राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अध्यक्षले अर्को सूचना र मिति नतोकिएसम्मका लागि बैठक स्थगित गरिएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्रीको राजीनामा माग्दै तीन पटकसम्म अवरोध भएको संसद बैठक प्रधानमन्त्री प्रचण्डले संसदमा सम्बोधन गरेपछि सोमबार खुलेको थियो ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया