रास्वपाको नियमापत्तिपछि प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले विधेयक टेबुल गर्ने प्रक्रिया नमिलेको भन्दै नियमापत्ति गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा कानूनमन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पेश गर्ने क्रममा निर्णयार्थ पेशमा रास्वपाका सांसदहरूले नियमाआपत्ति जनाएका थिए ।
विपक्षी सांसदहरूको विरोधका बाबजुद पनि सभामुख देवराज घिमिरेले सत्ता पक्षका सांसदहरूलाई बोल्न दिएकोमो रास्वपाका सांसदहरू झनै आक्रोसित भएका थिए । विपक्षी सांसदहरू उभिएर विरोध जनाएपछि सभामुख घिमिरेले निर्धारित समयमा विरोध नजनाएकाले विधेयक अगाडि बढाएको स्पष्ट पारे ।
‘माननीय सांसदहरू नेपाल ऐन संशोधनसम्बन्धी प्रतिस्पापन विधेयक संसदमा निर्णायर्थ प्रस्तुत भएपछि मैले विरोधका सूचना दिन आग्रह गरेको थिएँ । तर, तपाईँहरू निर्धारित समयमा विरोधका सूचना दर्ता नगरेपछि प्रक्रिया अगाडि बढेको हो’, उनले भने ।
सभामुखको आग्रह पटक पटक अस्वीकार गरी विरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया