बर्दियामा पाटेबाघ मृतावस्थामा भेटियो
बर्दिया । यहाँ पाटेबाघ मृतावस्थामा फेला परेको छ । आज अपराह्न ३ बजे मधुवन नगरपालिका–६ कालिका सामुदायिक वनमा अन्दाजी पाँच/छ वर्षको पाटेबाघ मृतावस्थामा फेला परेको हो ।
एक–दुई दिनअघि बाघ–बाघबीचको लडाइँ भएको र प्राकृतिक कारणले पाटेबाघको मृत्यु भएको हुनसक्ने डिभिजन वन कार्यालयका प्रमुख रामबहादुर बिडारीले बताए ।
थप अनुसन्धानलगायत शव परीक्षण रिपोर्ट आएपछि मात्र वास्तविकता पत्ता लाग्ने प्रमुख विडारीले जानकारी दिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया