सिनामंगलमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि
काठमाडौं । काठमाडौंको सिनामंगलमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । सो शंकास्पद वस्तु बम नभएको पाइएको छ ।
महानगरीय प्रहरी वृत्त गौशालाका अनुसार उक्त वस्तु बम नभइ डर पैदा गर्न नोकिया मोबाइलको सेटमा तार जोडेर राखेको पाइएको हो ।
शंकास्पद वस्तु राखिएको नजिकै नेपाल उत्थान क्रान्तिकारी पार्टी लेखिएको पर्चा समेत फेला परेको थियो।
बुधबार बिहान काठमाडौं मेडिकल कलेज जाने ओरालोमा खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि शंकास्पद वस्तु भेटिएको थियो ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया