कोशी प्रदेशको नामाकरण र सरकार गठनबारे कांग्रेसको धारणमाथि उठ्यो प्रश्न
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा कोशी प्रदेशको नामाकरण र सरकार गठनबारे धारणा माग गरिएको छ ।
मंगलबारदेखि सुरु भएको कांग्रेस समिति बैठकमा आज केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन् । सोही क्रममा केन्द्रीय सदस्य नैनसिंह महरले कोशी प्रदेशको नामकरण र सरकार गठनबारे धारणा मागेका हुन् ।
उनले भने, ‘कोशी प्रदेशको नामकरण र प्रदेश सरकार गठनको विषयमा सबैले सोध्दा नेपाली कांग्रेसले के भन्ने ? धारणा भन्न गाह्रो भइरहेको छ।’
उनले कांग्रेसले कसैको बैशाखीमा नटेक्ने गरी एक्लै निर्वाचन लड्न सक्ने पार्टी निर्माण गर्न पनि अनुरोध गरे ।
सामाजिक क्षेत्रमा नेपाली कांग्रेस कमजोर हुने हो कि भन्ने भान हुन थालेकोले यसमा पनि ध्यान दिन उनले आग्रह गरे ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया