एमाले स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा एमाले स्थायी कमिटी कमिटी बैठक आज बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालयका अनुसार, बैठक अपराह्न ३ बजे महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्युमा बस्ने तय भएको छ ।
बैठकले आसन्न स्थानीय तह निर्वाचनको कार्ययोजना बनाउने नेताहरूले बताएका छन् । एमालेको भर्खरै सम्पन्न केन्द्रीय कमिटी बैठकले स्थानीय तह निर्वाचनलक्षित विभिन्न निर्णय गरेको छ ।
महाधिवेशनपछि पहिलो पटक एमाले स्थायी कमिटी बैठक बस्न लागेको हो । यो कमिटीमा पदाधिकारीसहित ४५ सदस्य छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया