आजको विनिमय दर : कति पुग्यो डरको भाउ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
आज अमेरिकी डलरको भाउ केही बढेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ९६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५६ पैसा रहेकोमा आज खरिददर १३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६६ पैसा पुगेको छ ।
राष्ट्र बैंकका अनुसार बेलायती पाउण्डको मूल्य भने केही घटेको छ । बुधबार बेलायती पाउण्ड एकको खरिददर १७१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४८ पैसा पुगेकोमा बिहीबार पाउण्डको खरिददर १६९ रुपैयाँ ४९ पैसा, बिक्रीदर १७० रुपैयाँ २७ पैसा रहेको छ ।
आज युरो एकको खरिददर १४७ रुपैयाँ १० पैसा र बिक्रीदर १४७ रुपैयाँ ७८ पैसा रहेको छ ।
त्यस्तै आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३६ रुपैयाँ १४ पैसा रहेको छ । क्यानडियन डलरमा एक डलर खरिद गर्दा ९९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९९ रुपैया ९१ पैसा निर्धारण गरिएको छ ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया