आज सचिव राउतलगायतको रिटमा निर्णय हुँदै
काठमाडौं । सर्वोच्च अदालतले आज ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चारसचिव कृष्णबहादुर राउतलगायतको बन्दीप्रत्यक्षीकरणको मुद्दामा आदेश दिँदैछ ।
राउत सँगै निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमको निवेदनमा आज अदालतले निर्णय गर्ने भएको हो ।
उनीहिरू आफूलाई गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनीहरूलाई सरकारी जग्गा किर्ते प्रकरणमा पक्राउ गरेको हो ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया