सुन प्रकरणमा जोसुकै दोषी भएपनि छाड्दैनौँ : गृहमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयको आकस्मिक निरीक्षण गरेका छन् ।
श्रेष्ठले त्रिभुवन विमानस्थल भन्सार कार्यालय र अध्यागमनको आकस्मिक निरीक्षण गरेको उनका स्वकीय सचिव विजय गौतमले बताए ।
निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘जस्तोसुकै र जोसुकै भएपनि यसको नेक्सस र गुटमा पुग्ने गरी कारबाहीको प्रक्रिया अघि बढाउँछौँ, कसैले उन्मुक्ति पाउँदैन ।’ गृहमन्त्रीसँगै प्रहरी महानिरीक्षक वसन्त कुँवर पनि विमानस्थल पुगेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलयको गेटबाट मंगलबार साँझ करिब १०० किलो बढी सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो। यो प्रकरणमा अहिलेसम्म १० जना पक्राउ परिसकेका छन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया