भाटभटेनीका सञ्चालक मीनबहादुरसहित ३ जना थुनामुक्त नहुने
काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका भाटभेटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित तीनजनालाई थुना मुक्त नगर्न आदेश दिएको छ ।
गुरुङसहित पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र धर्मप्रसाद गौतमको बन्दी प्रत्यक्षीकरणको रिट आज खारेज गरेको हो । गौतम मालपोत कार्यालयका पूर्व कर्मचारी हुन् ।
आज न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले उनीहरू तीनैजनाको पक्राउ गैरकानुनी नभएको भन्दै उक्त रिट खारेज गरेको होे । योसँगै सञ्चार सचिव कृष्णबहादुर राउतलाई भने अदालतले थुनामुक्त गर्न आदेश दिएको छ ।
उनीहरूविरूद्ध बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएको आरोप छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया