एसीसी इमर्जिङ कप : भारत र पाकिस्तानबीच आज उपाधि भिडन्त

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको उपाधि भिडन्तमा आज भारत ‘ए’ र पाकिस्तान ‘ए’ भिड्दै छन् ।
दुई टोलीबीचको खेल श्रीलंकाको राजधानी कोलम्बोमा रहेको आर प्रेमदाशा क्रिकेट स्टेडियममा आज दिउँसो सवा २ बजेबाट सुरु हुँदैछ।
भारतले दोस्रो सेमिफाइनल खेलमा बंगलादेश ‘ए’ लाई ५१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो भने पाकिस्तान ‘ए’ ले घरेलु टोली श्रीलंका ‘ए’ लाई ६० रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
प्रतियोगितामा सहभागी नेपाल भने समूह चरणबाट नै बाहिरिएको थियो । यद्यपी, अभ्यासका लागि नेपाली टोली श्रीलंकामै रहेको छ।
ताजा अपडेट
-
नेपालमै पहिलोपटक लिङ्ग परिवर्तनको सफल शल्यक्रिया
-
टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बेनी-जोमसोम-कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति
-
बजेट अभावले कञ्चनपुरमा पुल निर्माणको काम प्रभावित
-
सभामुख घिमिरेले गरे संसदको अवरोध हटाउन प्रमुख दलका सचेतसँग छलफल
प्रतिक्रिया