सुन प्रकरणमा ओलीको आक्रोश : यसमा गृहमन्त्रीको संलग्नता छ कि छैन ?
काठमाडौं । करिब एक क्विन्टल सुन विमानस्थलबाट बाहिरिएको प्रकरणप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि आक्रोशित बनेका छन् ।
एक साता लामो कम्बोडिया भ्रमण सकेर स्वदेश फर्किएका ओलीले विमानस्थलमा आक्रोश पोख्दै भने, ‘मान्छेहरू फ्रस्टेड किन हुन्छन् भने नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ आफू, उहाँले यहाँ सेक्युरिटीको बन्दोवस्त गरेको छ कि छैन ? विमानस्थलमा सेक्युरिटी गर्ने काम उहाँको हो कि होइन ? यहाँको आउने जाने चिजहरूको निरीक्षण गर्ने काम उहाँको हो कि होइन ?’
उनले सुन काण्डमा आफ्नो संलग्नता रहे, नरहेको स्पष्ट पार्न पनि गृहमन्त्री श्रेष्ठलाई आग्रह गरेका छन् । गृहमन्त्रीको क्रियाकलाप अत्यन्तै गैरजिम्मेवार रहेको भन्दै उनले भने, ‘गृहमन्त्रीले बताउनुपर्यो, उहाँको संलग्नता छ छैन यसमा ? सानोतिनो संलग्नतामा त यो काम भएको छैन होला ? उहाँको चाहिँ संलग्नता छ कि छैन ? छैन भने कसको संलग्नता छ ? को छ यसमा ? यत्तिकै कोटका गालामा काँक्राको बियाँ टास्ने होइन !,’ ओलीले भने।
यस प्रकरणमा जो कोही संलग्नता भएपनि उम्किन नहुने ओलीले बताए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया