देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको समसामयिक विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएका छन् ।
उनले आज अपराह्न ४ बजे आफ्नो निजी निवास धुम्बाराहीमा पदाधिकारी बैठक बोलाएको सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका निर्णयको आवश्यक तयारीका लागि पदाधिकारी बैठक बोलाएको बताइएको छ । यही साउन २ गतेदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठक भोलि साउन १० गते अपराह्न ४ बजे बस्ने तय भएको छ ।
झन्डै ११ महिनापछि बसेको केन्द्रीय समिति बैठक महत्वपूर्ण निर्णय गर्दै भोलि समापन गर्ने तयारी छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया