मेस्सी चम्किँदा इन्टर मियामीको लगातार दोस्रो जित
काठमाडौं । लिग कप फुटबलमा इन्टर मियामीले लगातार दोस्रो जित निकालेको छ । बुधबार बिहान भएको खेलमा मियामीले एट्लान्टा यूनाइटेडलाई ४-० गोलअन्तरले हराएको हो।
मियामीको जितमा लियोनल मेस्सी दुई गोल गरे । मेस्सीले दुई गोल गर्दै मियामीलाई लगातार दोस्रो जित दिलाउन सफल रहे । उनले खेलको आठौं मिनेटमा पहिलो गोल गरेका थिए भने २२औं मिनेटमा दोस्रो गोल गरे। यस्तै, मेस्सीले एक असिस्ट पनि गरे ।
रोबर्ट थोमस टेलरले ४४ औं मिनेटमा गोल गर्दै मियामीलाई आरामदायी अग्रता दिलाएका थिए । ५३ औं मिनेटमा मेस्सीकै पास सदुपयोग गर्दै टेलरले मियामीका लागि दोस्रो गोल गरे ।
१५ वटा समूह रहेको प्रतियोगितामा इन्टर मियामी समूह ‘जे’मा छ। आजको जितसँगै मियामी समूहको शीर्ष स्थानमा उक्लिएको छ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया