शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलास्थित शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्टसहित सातजनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नगरपालिकाको वडा नं ६स्थित पनेबाज मौरीभिटादेखि वडा नं ७ र ८ को बन्तोली बोहरीगाउँको सडक निर्माणको लागत इस्टिमेट गर्दा कडा चट्टानको भाग बढी देखाएर वास्तविकभन्दा बढी भुक्तानी भएको भन्ने उजुरी परेको थियो ।
सोही उजुरीमाथि अनुसन्धान हुँदा बिष्टसहित इन्जिनियर, निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत ७ जनाले भ्रष्टाचार गरेको पाइएको हो ।
बिष्टले सडक खन्ने क्रममा फिल्डको वास्तविक तथ्य बिगारेर कडा चट्टानको परिमाण नै अस्वभाविक बढाएर मूल्यांकन गरेको पाइएको छ । साइटमा नभएको कामको झुटो बिल बनाएर उनले २६ लाख दुई हजार ५५६ रूपैयाँ बढी भुक्तानी दिएका छन् ।
उनीसहित ७ जनालाई सोही रकम बराबर बिगो माग दाबी गर्दै कैद सजायको मागसहित आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।
प्रतिवादीमा विष्टसहित नगरपालिकाका इन्जिनियर सन्तोष पाण्डेय, तत्कालीन इन्जिनियर राजेन्द्र सिंह धामी, सब इन्जिनियर दिपक सिंह बिष्ट, उपभोक्ता समितिका अध्यक्ष जनक राज जोशी, सचिव धनन्जय जोशी र कोषाध्यक्ष जानकी बडू जोशी छन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया