नदीमा तैरिएको अवस्थामा पुरुषको शव फेला
तनहुँ । तनहुँको व्यास नगरपालिका–१० स्थित मादी नदीमा आज एक पुरुषको शव फेला परेको छ । बैरेनीस्थित मादी नदी किनारमा तैरिरहेको अवस्थामा पुरुषको शव फेला परेको हो ।
अन्दाजी ५० वर्षजस्तो देखिने ती व्यक्तिको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शवको सनाखतका लागि प्रयास भइरहेको प्रहरीको भनाइ छ । शवलाई दमौली अस्पतालमा राखिएको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया