कोशीमा काँग्रेस र एमालेलाई बहुमत बनाएर सरकार चलाउन राजेन्द्र लिङ्देनको सुझाव
काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज अपराह्न ५ बजे सकिँदैछ । आज बेलुकासम्म बहुमत सांसदको हस्ताक्षर जुटाउने दलका नेतालाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री घोषणा गर्नेछन् ।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा कांग्रेस र एमाले मिलेर सरकार गठनका गर्न आफूहरुले सुझाव दिएको बताएका छन् । मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले कोशी प्रदेश सरकार गठनका लागि कुनै पनि दललाई राप्रपाको सहयोग नरहने बताएका हुन् ।
अहिले राप्रपालाई सत्ता प्राथमिकताको विषय नरहेको भन्दै काँग्रेस र एमालेलाई बहुमत बनाएर सरकार चलाउन सुझाव दिएको उनले बताए । ठूलो बहुमतले भोलिका दिनमा बाधा अड्चन आउन नदिने भएकाले पनि यस्तो सुझाव दिइएको उनको भनाई छ ।
९३ सदस्यीय कोशी प्रदेशसभामा ठूलो दल एमालेको ४०, नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीको एक सांसद छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया