महिला टी २० विश्वकपको एसिया छनोटका लागि प्रारम्भिक टोली घोषणा, को–को परे?
काठमाडौं। महिला टी २० विश्वकपको एसिया छनोटका लागि प्रारम्भिक टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार २४ खेलाडी छानेर क्याम्पका लागि बोलाएको हो । यो टोलीको नेतृत्वमा रुबिना क्षेत्री छिन् ।
टिममा रुबिना क्षेत्री, सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, कृतिका मरासिनी, बिन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का परेका छन् ।
यस्तै, ईश्वरी विष्ट, स्नेहा महरा, सृष्टि जैशी, कञ्चन श्रेष्ठ, रोमा थापा, सवनम राई, पूजा महतो, खुसी डंगोल, रुबी पोडार, मनिषा चौधरी, नेरी थापा, सरस्वती चौधरी र ज्योती पाण्डे रहेका छन् ।
विश्वकपको एसिया छनोट आगामी अगस्त २८ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुनेछ। एसिया छनोटमा १२ देशले भाग लिँदैछन् । जसमा नेपाल समूह ‘ए’मा रहेको छ । समूह ‘ए’मा नेपालसहित बहराइन भुटान, मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) छन् ।
समूह ‘बी”मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड रहेका छन् । दुवै समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् भने फाइनल पुग्ने दुई देश विश्वकपका लागि छनोट हुने छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया