बहुमतका लागि सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम मन्त्री बन्दै
काठमाडौं । कोशी प्रदेशको सरकार गठनका लागि बहुमत पुर्याउन सभामुख पदबाट मंगलबार राजीनामा दिएका बाबुराम गौतमलाई मन्त्री बनाइने भएको छ ।
मुख्यमन्त्री पछि दोस्रो बरियतामा रहने गरी गौतमलाई मन्त्री बनाउन लागिएको नेकपा माओवादी केन्द्र स्रोतले जनाएको छ । स्रोतका अनुसार उद्धव थापा नेतृत्वको सरकारमा उनलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।
अहिले गठबन्धन दलबाट एक एक जनामात्रै मन्त्री बनाउने र विश्वासको मतपछि अन्य थप्ने सहमति भएको माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता ईन्द्र आङ्बोले बताएका छन् ।
कोशीमा मंगलबार नियुक्त भएका मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनीयताको सपथग्रहण गर्दैछन् ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया