जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक सुरु
काठमाडौं । जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक केहीबेरअघि सुरु भएको छ ।
डा सिके राउतले नेतृत्व गरेको सो पार्टीको राष्ट्रिय परिषद्को बैठक केहीबेरअघि राजधानीको एक होटलमा सुरु भएको सो पार्टीका केन्द्रीय प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिए । उनका अनुसार आजको बैठकमा समसामयिक विषयमा प्रशिक्षण तथा छलफल हुने एजेन्डा तय गरिएको छ ।
उनका अनुसार यही साउन १८ गते बिहीबार केन्द्रीय समितिको बैठक बस्ने भएको छ भने १९ गते स्थानीय जनप्रतिनिधि पार्टी समन्वय बैठक आह्वान गरिएको छ । उक्त बैठकमा वडाध्यक्ष, नगरप्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्षको सहभागिता रहने प्रवक्ता डा यादवले बताए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया