NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन ६ गते

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गरे पत्नीसँग ‘डिभोर्स’

काठमाडौं। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले श्रीमती सोफी ग्रेगोइर ट्रुडोसँग डिभोर्स गरेका छन् ।

ट्रुडोले आफ्नो इन्स्टाग्राममा यसबारे जानकारी दिएकन छन् । ट्रुडोले सोफीसँग धेरै अर्थपूर्ण र कठिन कुराकानी पछि हामीले छुट्टिने निर्णय गरेको बताएका छन् ।

उनले पत्नीलाई सम्वोधन गर्दै भनेका छन्, ‘सधैं झैं, हामी एकअर्काको लागि गहिरो माया र सम्मानको साथ नजिकको परिवार रहनेछौँ ।’

प्रधानमन्त्रीको कार्यालयले पनि बुधवार एक विज्ञप्तिमा ट्रुडो दम्पतीले कानूनी अलगाव सम्झौतामा हस्ताक्षर गरेको बताएको छ ।

उनले आफ्ना छोराछोरीको भलाइका लागि गोपनीयतालाई सम्मान गर्न आग्रह गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष