क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गरे पत्नीसँग ‘डिभोर्स’
काठमाडौं। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले श्रीमती सोफी ग्रेगोइर ट्रुडोसँग डिभोर्स गरेका छन् ।
ट्रुडोले आफ्नो इन्स्टाग्राममा यसबारे जानकारी दिएकन छन् । ट्रुडोले सोफीसँग धेरै अर्थपूर्ण र कठिन कुराकानी पछि हामीले छुट्टिने निर्णय गरेको बताएका छन् ।
उनले पत्नीलाई सम्वोधन गर्दै भनेका छन्, ‘सधैं झैं, हामी एकअर्काको लागि गहिरो माया र सम्मानको साथ नजिकको परिवार रहनेछौँ ।’
प्रधानमन्त्रीको कार्यालयले पनि बुधवार एक विज्ञप्तिमा ट्रुडो दम्पतीले कानूनी अलगाव सम्झौतामा हस्ताक्षर गरेको बताएको छ ।
उनले आफ्ना छोराछोरीको भलाइका लागि गोपनीयतालाई सम्मान गर्न आग्रह गरेका छन् ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया