मञ्जुको तीज गीतमा दीपा, रेजिना र नीताको छमछमी
काठमाडौं । गायिका मञ्जु थापाको तीज गीत ‘यो तीजमा नजाने माइत’ सार्वजनिक गरिएको छ ।
सङ्गीतकार शम्भुजीत बाँस्कोटाले सङ्गीत भर्नुका साथै शब्द रचना गरेको उक्त गीतको म्युजिक भिडियोमा अभिनेत्री शर्मिला मल्ल, दीपाश्री निरौला, रेजिना उप्रेती, नीता ढुङ्गाना, मञ्जु थापा, कल्पना थापा, प्रमिला कार्की, गोमा केसी, शिला गजुरेल, मीना लामालगायतले अभिनय गरेका छन् ।
गायिका थापाले अडियो र भिडियोलाई सशक्त बनाउन कुनै कसर बाँकी नराखेको बताइन् । उनले भनिन्, ‘गीतमा चाडपर्वको रौनकसँगै चेलीको मनोभावलाई प्रस्तुत गर्ने कोसिस गरेका छौँ ।’
सङ्गीतकार बास्कोटासँग तीज लक्षित गीत हरेक वर्ष एउटा मात्र तयार गर्ने गरेको उनले बताइन् । थापाले भनिन्, ‘नजाने भन्दैमा या घरमा बस्दैमा तीजको परम्परा परिवर्तन हुँदैन । अर्को वर्ष जाने हरफले अगाडिको लाइनलाई न्याय गरेको छ ।’ राजधानीमा कार्यक्रम आयोजना गर्दै उक्त गीत सार्वजनिक गरिएको हो ।
भिडियोलाई म्युजिक नेपालको युट्युब च्यानलबाट दर्शक सामु ल्याइएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया