हवाई र सडक यात्रा गर्दा आज सचेत रहनुहोला : मौसमविद्
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार सडक र हवाई यात्रा गर्दा सचेत रहन सुझाएको छ । देशका विभिन्न भागमा हावाहुरी, चट्याङसहित भारी वर्षाको सम्भावना औंल्याउँदै महाशाखाले दैनिक जीवनयापन तथा यात्राका क्रममा सचेत रहन आमनागरिकलाई सुझाएको हो ।
महाशाखाका अनुसार, शुक्रबार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्गसहित भारी वर्षा हुने सम्भावना देखिएको छ । जसका कारण नदीको जल सतह बढ्न गई बाढी, पहिरो, भू–क्षय हुने खतरा देखिएको छ ।
त्यस्तै, तराईका भू–भागमा आज हावाहुरी चल्ने सम्भावना देखिएको छ । महाशाखाले यसबाट जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा असुविधा हुनसक्ने औंल्याउँदै सतर्क रहन भनेको छ ।
‘लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशको तराई भू(भाग र मधेश प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय तथा हावा हुरीजस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ महाशाखाद्वारा शुक्रबार जारी नियमित बुलेटिनमा भनिएको छ ।
ताजा अपडेट
-
फेरि बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
-
एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुई जना घाइते
-
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती १६ दिन बन्द हुने
-
जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
प्रतिक्रिया