एकीकृत समाजवादीको सचिवालय बैठक जारी, यी विषयमा हुँदैछ छलफल
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ।
कीर्तिपुरस्थित पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा बैठक जारी छ ।
यसअघि सोमबार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो ।
बैठकमा स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकको तयारी तथा समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण र पार्टीको संगठनात्मक व्यवस्थापन लगायतका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक साउन २० र २१, पोलिटब्यूरो बैठक भदौ ३ र ४ तथा केन्द्रीय कमिटी बैठक भदौ ५ देखि ७ सम्म बस्ने तय भएको छ।
ताजा अपडेट
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा


प्रतिक्रिया