सुन तस्करी प्रकरण : थप अनुसन्धान जिम्मा सीआईबीलाई दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिन निर्देशन दिएका छन् ।
हाल राजस्व अनुसन्धान विभागमार्फत अनुसन्धान जारी रहेको सुन तस्करी प्रकरण संगठित अपराध र अन्तर्देशीय अपराध भएकोले त्यसको जरैसम्म पुग्ने गरी प्रहरीमार्फत अनुसन्धान गर्न प्रधानमन्त्री दाहालले निर्देशन दिएका हुन् ।
उच्च सरकारी स्रोतका अनुसार बिहीबार साँझ सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न सिंहदरबारमा संवैधानिक परिषद् बैठक बसेलगत्तै प्रधानमन्त्री दाहालले क्विन्टल सुन प्रकरणमा भइरहेको अनुसन्धान, यसका उपलब्धि र थप अनुसन्धानका विषयबारे समीक्षा गर्न उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, महान्यायाधिवक्ता दिनमणि पोखरेल, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख एआईजी किरण बज्राचार्य र राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानासँग संयुक्त छलफल गरी यस्तो निर्देशन दिएका हुन् ।
विभागबाट भइरहेको अनुसन्धानले अपराधमा संलग्नको नेक्सन पत्ता लगाए पनि यो संगठित र अन्तरदेशीय अपराध भएकोले जरैसम्म पुग्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट अनुसन्धान हुनुपर्ने प्रधानमन्त्री दाहालको भनाइ छ ।
ताजा अपडेट
-
स्कटल्याण्डले नेपाललाई दियो ३२४ रनको लक्ष्य
-
प्रतिनिधि सभामा विपक्षीको अवरोध कायमै, सोमबारसम्म स्थगित
-
प्रधानमन्त्री ओलीद्वारा निर्माणाधीन टियु क्रिकेट मैदानको अवलोकन
-
प्रतिनिधिसभा बैठक फेरि साढे पाच बजेलाई सर्यो
-
प्रधानमन्त्री ओली भन्छन् : ७० वर्षे उमेर हदको विषय फेल खाइसक्यो
प्रतिक्रिया