एकीकृत समाजवादीका केन्द्रीय सदस्य कर्माचार्य पार्टीबाट निष्कासित
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय सदस्य सुबास कर्माचार्यलाई पार्टीबाट निष्कासन गरेको छ ।
सिन्धुपाल्चोक जिल्ला इन्चार्ज समेत रहेको उनलाई पार्टी साधाहरण सदस्य समेत नरहनेगरी पार्टीबाट निकालेको हो।
शुक्रबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले निष्कासन गरेको हो। कर्माचार्य पार्टी नीति, कार्यक्रम तथा संगठनविपरित क्रियाकलापमा संलग्न रहेकाले निष्कासन गरेको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनलाई यस्ता क्रियाकलाप नगर्न अनेकौं पटक सम्झाउँदा पनि पार्टी हितका विरुद्धका गतिविधि गर्न नरोकेकाले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको हो ।
ताजा अपडेट
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा


प्रतिक्रिया