काठमाडौंमा पहिरोले घर पुरियो, बाबुछोरीको मृत्यु

काठमाडौं । अविरल वर्षापछि गएको पहिरोले घर पुरिएर संघीय राजधानी काठमाडौंमा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
काठमाडौंको तारकेश्वर नगरपालिकास्थित चो गाउँमा गएराति पहिरोले घर पुर्दा बाबुछोरीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा गणेश तामाङ र उनकी छोरी छन् ।
पहिरोले पुरिएर गणेशको घटनास्थलमै र छोरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाका बेला घरमा गणेशका श्रीमती र छोरा पनि थिए । तीमध्ये श्रीमतीको खुट्टामा चोट लागेको र छोरा भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया