रास्वपाको ब्लु बस फेरि अर्को विवादमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महिलाका लागि सञ्चालन गरेको ब्लु बसको रङ अनुमति नलिई मनमौजी परिवर्तन गरेको पाइएको छ ।
नियमानुसार कुनै सवारी साधनको साविकबमोजिमको रङ परिवर्तन गर्नु परेमा यातायात कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था छ । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा कुनै सवारीको किसिम, इन्जिन, च्यासिस, रंग सिट, बडी निर्माण वा अन्य विवरण हेरफेर गर्न विभागबाट स्वीकृति लिनुपर्ने उल्लेख छ । तर गत साताबाट सञ्चालन ल्याएको ना५ख ३१३८ नम्बरको बसको रङ रास्वपाले यातायात कार्यालयको अनुमतिबेगर परिर्वतन गरेको छ ।
यातायात कार्यालय, भरतपुरले रास्वपाले सञ्चालनमा ल्याएको ब्लु बसको रङ परिवर्तन गर्नेबारे आफ्नो कार्यालयबाट कुनै अनुमति नलिएको जनाएको छ ।
रास्वपाले मासिक १ लाख ३५ हजार भाडा तिर्ने गरी गत साताबाट भीमबहादुर तामाङको नाममा रहेको बस महिलाका लागि मात्र सञ्चालनमा ल्याएको छ । ३२ सिट रहेको उक्त बसले शक्तिखोरदेखि भरतपुरसम्म दिनहुँ सेवा प्रदान गर्दै आएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया