बालुवाटार प्रकरणमा पूर्व मुख्यसचिव पौड्यालमाथि पनि छानविन गर्ने बाटो खुल्यो
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पूर्व मुख्यसचिव लीलामणि पौड्याल र माधावप्रसाद घिमिरेमाथि पनि छानविन गर्ने बाटो खुलेको छ । घिमिरेको निधन भइसकेको छ ।
सर्वोच्च अदालतले आज मन्त्रिपरिषद्बाट जग्गा सम्बन्धी निर्णय गर्नेहरुमाथि पनि अनुसन्धान गर्न आदेश दिएसँगै उक्त निर्णय प्रमाणिकरण गराउने तत्कालिन मुख्यसचिवहरुमाथि छानविन गर्ने बाटो खुलेको हो ।
यस प्रकरणमा टिप्पणी उठाउने तत्कालिन अधिकृत तथा सुब्बा र खरिदार पक्राउ परिरहँदा निर्णय गर्नेहरुमाथि भने अनुसन्धान नभएको भनेर कर्मचारीवृत्तामा व्यापक आलोचना भइरहेको थियो ।
अब भने सर्वोच्चको आदेशसँगै निर्णय प्रमाणीकरण गराउनेमाथि पनि अनुसन्धान गर्ने बाटो खुलेको छ ।
यस प्रकरणमा मुछिएका योगराज पौडेलले बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हा र डा कुमार चुडालको इलजासले यस्तो आदेश दिएको हो ।
उक्त आदेशमा २०६६ चैत २९ र २०६७ वैशाख ३१, २०६७ साउन २७ तथा २०६९ असोज १८ को नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय गर्नेमा अविलम्ब थप अनुसन्धान गर्न आदेश दिइएको छ ।
बालुवाटार प्रकरण : टिप्पणी उठाउने पक्राउ पर्दा मुख्य सचिवलाई हाइसञ्चो !
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया