अवरुद्ध संसद् खुलाउनेबारे के भयो माओवादी संसदीय दलको निर्णय ?
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकले अवरुद्ध प्रतिनिधिसभा र राष्ट्रियसभा सुचारू गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्षीसहित दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।
सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा आज बिहान ८ बजेदेखि माओवादी संसदीय दलको बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्रीसमेत रहेका दल नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तापक्ष र प्रमुख प्रतिपक्षीसहित दलका नेताहरूसँग ठोस छलफल गरेर निचोड निकाल्ने र सदन सुचारू गर्ने कुरा राखेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।
सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने माग राख्दै एमालेले साउन १० गतेदेखि संसद् अवरोध गर्दै आएको छ । सभामुख देवराज घिमिरेले सोमबार १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाए पनि एमाले अवरोध जारी राख्ने पक्षमा देखिएको छ ।
यसैबीच, सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई संसदको अवरोध अन्त्य गर्ने विषयमा छलफल गर्न बोलाएका छन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया