सेनाले पाइलटदेखि डाक्टरसम्मका पदमा माग्यो १९४ जनशक्ति
काठमाडौं । नेपाली सेनाले पाइलटदेखि डाक्टरसम्मका प्राविधिक पदमा जनशक्ति माग गरेको छ ।
नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगीअड्डाले लेखा उपसेनानी, प्राड उपसेनानी, पाइलट उपसेनानी र विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदहरूमा खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्तिका लागि सोमबार विज्ञापन आह्वान गरेको हो ।
सेनाले सबैभन्दा धेरै एमबिबिएस उत्तीर्ण ५० चिकित्सक माग गरेको छ । यो पदमा खुलामा मात्रै ५० जनाले प्रतिस्पर्धा गर्न पाउनेछन् । लेखातर्फको उपसेनानी पदमा ४० जना माग गरिएको छ । सेनाले चार जना पाइलट पनि माग गरेको छ ।
आवेदन दिन एक महिनाको समय दिइएको छ । दोब्बर दस्तुर तिरेर थप एक साता आवेदन दिन सकिनेछ ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया