सभामुखसहित शीर्ष नेताबीच छलफल जारी, हट्ला त संसदको अवरोध ?
काठमाडौं । संसदको अवरोध हटाउन शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।
सभामुख देवराज घिमिरेहको पहलमा उनकै कार्यकक्षमा शीर्ष नेताको बैठक सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित प्रमुख सचेतक र सचेतकहरु सहभागी छन् ।
आइतबार सभामुख घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरूसँग गरेको छलफलक्रममा शीर्ष तहमै वार्ता गर्नुपर्ने निष्कर्ष निकाल्दै आज शीर्ष नेताहरूबीच बैठक भएको हो ।
बैठकमा संसदको अवरोध हटाउनुका साथै संसदीय समितिका सभापति चयनका लागि निर्वाचन गराउने विषयमा सभामुख घिमिरेले छलफल गर्न नेताहरुलाई बोलाएका हुन् ।
नेकपा एमालेले सुन तस्करी प्रकरणमा गहन अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै संसदमा अवरोध गर्दै आएको छ । संघीय संसदका दुबै सदनको बैठक आज बस्दै छन् । दुबै सदनको बैठक दिउसो १ बजे बस्दै छन् ।
आजको संसद बैठकमा नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने लगायतका सम्भावित कार्यसूची छन् ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया