संसद अवरोध प्रति रास्वपाको आक्रोश
काठमाडौं । लगातार संसद अवरोध भएकोमा प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले आक्रोश पोखेको छ ।
रास्वपाका सभापति रवि लामिछानेले प्रतिनिधि सभाको बैठक नचलेकोमा आक्रोश व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘वर्षौंदेखि देशलाई कसरी प्यारलाईज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं । कयौं कानुन बनाउनु पर्नेछ, कयौं कानुनमा संशोधन आवश्यक छ । जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ । तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ, दुःखद ।’
यस्तै रास्वपाकी सांसद तोसिमा कार्कीले पनि संसद नचलेका प्रति असन्तुष्टी जनाएकी छन् ।
उनी भन्छिन्, ‘जनताका मुद्धा उठाउने थलो अवरुद्ध गर्ने हो भने प्रश्न कहाँ सोध्ने ? सदन बन्द गर्नु भनेको झन् सरकारलाई जे गर्दैछस् सब ठिक छ्र । प्रश्नै छैन । तैँ चुप, मै चुप, तँ जनता ठगिराख हामी साथमा छौँ भने जस्तो भयो !’
उनले सदनको अवरोध हटाउनप्रमुख प्रतिपक्षले भूमिका खेल्नुपर्ने समेत बताइन् । जनताको मुद्दा उठाउने ठाउँ चल्नै नदिने ?अनि मुद्दा कहाँ उठाउने ?सांसद तोसिमाको प्रश्न छ ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया