सदनको गतिरोध अन्त्यका लागि आजपनि शीर्ष नेताहरू छलफलमा
काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरूबीच आज पनि छलफल सुरु भएको छ ।
सदनको गतिरोध अन्त्य र संसदीय समितिका सभापतिहरुको चयनलगायतका विषयमा सहमति खोज्न आजपनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल जारी रहेको छ ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार छलफलमा सभामुखसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत सहभागी छन्।
सोमबार सभामुख देवराज घिमिरेको पहलमा शीर्ष नेताहरुबीच छलफल भएपनि सहमति जुट्न सकेको थिएन ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया