अभिनेत्री जेसिका र अभिनेता विल स्मिथले जिते ओस्कार
काठमाडौं । फिल्म द आइज अफ ट्यामी फेइकी अभिनेत्री जेसिका चेस्टिनले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । यस फिल्ममा प्रसिद्ध अमेरिकन धर्म प्रचारक ट्यामी फेइको वास्तविक जीवनकथालाई प्रस्तुत गरिएको छ ।
त्यस्तै, फिल्म किङ रिचर्डबाट उत्कृष्ट अभिनेताको अवार्ड विल स्मिथले प्राप्त गरेका छन् । फिल्ममा उनले टेनिस स्टार सेरेना र विनस विलियम्सका बुबा किङ रिचर्डको भूमिका निभाएका छन् ।
फिल्म द पावर अफ द डग की निर्देशक जेन क्याम्पियनले उत्कृष्ट निर्देशकको अवार्ड जितेकी छन् । उत्कृष्ट निर्देशकका रुपमा दुई पटक मनोनयमा पर्ने उनी पहिलो महिला निर्देशक बनेकी छन् । फिल्म थमस सेभेजको सन् १९६७ को द पावर अफ डग उपन्यासमा आधारित छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया