नायक दिपेन्द्र प्रकाश केसीको निर्देशनमा ‘तिम्रो याद’
काठमाडौं । नायक तथा सञ्चारकर्मी दिपेन्द्र प्रकाश केसीको निर्देशनमा ‘तिम्रो याद’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । सञ्चारकर्मी समेत रहकी गीतकार किस्ना आचार्य (रोशनी) को शब्द रहेको गीतमा ज्योतिप्रकाशले संगीत भरेका छन् ।
गीतमा चर्चित गायक मनोज राजको स्वर रहेको छ । गीतको भिडियोमा कलाकार इष्टु कार्की र धिरेन्द्र शाहीले अभिनय गरेका छन् । निर्देशक केसी चलचित्र वृन्दाबनका नायक हुन् ।
उनी पछिल्लो समयमा निर्देशन र पत्रकारितामा पनि सक्रिय छन् । यो गतिको भिडियो निर्देशनमा उनलाई गोविन्द अञ्जानले पनि साथ दिएका छन् । केसीले थुप्रै गीतका भिडियोलाई निर्देशन गरिसकेका छन् ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया