नायक दिपेन्द्र प्रकाश केसीको निर्देशनमा ‘तिम्रो याद’
काठमाडौं । नायक तथा सञ्चारकर्मी दिपेन्द्र प्रकाश केसीको निर्देशनमा ‘तिम्रो याद’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । सञ्चारकर्मी समेत रहकी गीतकार किस्ना आचार्य (रोशनी) को शब्द रहेको गीतमा ज्योतिप्रकाशले संगीत भरेका छन् ।
गीतमा चर्चित गायक मनोज राजको स्वर रहेको छ । गीतको भिडियोमा कलाकार इष्टु कार्की र धिरेन्द्र शाहीले अभिनय गरेका छन् । निर्देशक केसी चलचित्र वृन्दाबनका नायक हुन् ।
उनी पछिल्लो समयमा निर्देशन र पत्रकारितामा पनि सक्रिय छन् । यो गतिको भिडियो निर्देशनमा उनलाई गोविन्द अञ्जानले पनि साथ दिएका छन् । केसीले थुप्रै गीतका भिडियोलाई निर्देशन गरिसकेका छन् ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया