देउवाले आह्वान गरे संसदीय दलको समितिको बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको समितिको बैठक आह्वान गरेका छन् ।
आज बिहीबार ४ बजे देउवा निवासमा बस्ने गरी बैठक बोलाइएको हो । बैठकमा संसदमा जारी रहेको गतिरोध लगायतका विषयमा छलफल हुने समितिका एक सदस्यले जानकारी दिए ।
कांग्रेसको संसदीय दलको समितिमा सभापति देउवासहित, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ छन् ।
साउन १० गतेदेखि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन प्रकरणमा उच्च स्तरीय छानविन समिति बनाउनुपर्ने लगायतका मागसहित संसद अवरुद्ध गर्दै आएको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया