NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

नेविसंघमा असन्तुष्टि: विद्यार्थीले गराए देउवाको ध्यानाकर्षण

काठमाडौं । नेपाल विद्यार्थीसंघको केन्द्रीय तदर्थ समितिमा केन्द्रीय सदस्य मनोनयनको विषयलाई लिएर नेविसंघका केहि विद्यार्थीहरुले असन्तुष्टि जनाएका छन् । विद्यार्थीहरुको एक टोलीले  सभापति शेरबहादुर देउवालाई धुम्बाराही पुगेर ध्यानाकर्षण पत्र बुझाएका छन् ।

देउवालाई ध्यानाकर्षण पत्र बुझाउन पदमा भुसाल, सपना गौतम, विवेचना न्यौपाने, रन्जिता अधिकारी, श्याम शाह, किरण चौलागाईं, केरिना गहतराज, सौरभ कोइराला, विनोद विक र मोहम्मद अल्ताफ नेपालीसहित पुगेका थिए ।

डेढ वर्षपछि आएको केन्द्रीय कार्यसमितिले कुनै रुपमा समावेशीताको सिद्धान्त पालना नगरेको भन्दै देउवालाई ध्यानाकर्षण गराएको छ ।

‘नेतृत्वले विधानविपरीत ७११ जनाको कमिटी बनाउँदै गर्दा लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने र विचार मान्ने विद्यार्थीको समावेशीकरणलाई लत्ताएर संगठन बनाउनु आफैँमा लज्जास्पद विषय हो, ’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।’

यो मनोनयनप्रति कृष्ण सिटौला समूहले आपत्ति जनाउँदै विद्रोहको चेतावनी दिएको छ। मनोनयनमा असन्तुष्टहरुले समानान्तर कार्य समितिको चेतावनी पनि दिएका छन्।

सभापति देउवाले नेविसंघमा मंगलबार ७ सय १० जनालाई केन्द्रीय सदस्य मनोनित गरेका थिए ।