नेविसंघमा असन्तुष्टि: विद्यार्थीले गराए देउवाको ध्यानाकर्षण
काठमाडौं । नेपाल विद्यार्थीसंघको केन्द्रीय तदर्थ समितिमा केन्द्रीय सदस्य मनोनयनको विषयलाई लिएर नेविसंघका केहि विद्यार्थीहरुले असन्तुष्टि जनाएका छन् । विद्यार्थीहरुको एक टोलीले सभापति शेरबहादुर देउवालाई धुम्बाराही पुगेर ध्यानाकर्षण पत्र बुझाएका छन् ।
देउवालाई ध्यानाकर्षण पत्र बुझाउन पदमा भुसाल, सपना गौतम, विवेचना न्यौपाने, रन्जिता अधिकारी, श्याम शाह, किरण चौलागाईं, केरिना गहतराज, सौरभ कोइराला, विनोद विक र मोहम्मद अल्ताफ नेपालीसहित पुगेका थिए ।
डेढ वर्षपछि आएको केन्द्रीय कार्यसमितिले कुनै रुपमा समावेशीताको सिद्धान्त पालना नगरेको भन्दै देउवालाई ध्यानाकर्षण गराएको छ ।
‘नेतृत्वले विधानविपरीत ७११ जनाको कमिटी बनाउँदै गर्दा लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने र विचार मान्ने विद्यार्थीको समावेशीकरणलाई लत्ताएर संगठन बनाउनु आफैँमा लज्जास्पद विषय हो, ’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।’
यो मनोनयनप्रति कृष्ण सिटौला समूहले आपत्ति जनाउँदै विद्रोहको चेतावनी दिएको छ। मनोनयनमा असन्तुष्टहरुले समानान्तर कार्य समितिको चेतावनी पनि दिएका छन्।
सभापति देउवाले नेविसंघमा मंगलबार ७ सय १० जनालाई केन्द्रीय सदस्य मनोनित गरेका थिए ।

ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया