NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

सुनिल शर्मा पक्राउमा एमाले सांसद साहको आपत्ति

काठमाडौं । नेकपा एमालकी सांसद ज्वालाकुमारी साहले कांग्रेस सांसद सुनिल शर्मालाई पक्राउ गरिएकोप्रति आपत्ति जनाएकी छन् ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा उनले म्याद सकिइसकेको विषयमा बखेडा झिकेर शर्मालाइ पक्राउ गरिएको आरोप लगाइन् ।

उनले भनिन्, ‘यो कानुनले पनि मिल्दैन् । र उहिले नै म्याद सकिएको प्रमाणपत्रलाई अहिले बखेडा झिकेर जो समातिएको छ यसको घोर आपत्ति गर्न चाहन्छु ।’

साहले सुन तस्करि प्रकरणमा भ्रष्टाचारीलाई पटक–पटक उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्छ भन्ने आवाज उठाइरहेको व्यक्तिलाई आज कुन हिसावबाट समातिएको छ ? भन्दै उनले प्रश्न गरिन् ।

सांसद शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार पक्राउ गरेको थियो । यस बिषयमा कांग्रेस नेताहरुले पनि विरोध जनाइरहेका छन् ।