रास्वपा सांसदहरुले संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसदहरुले सदन अवरोध भएको समयको कुनैपनि सेवा सुविधा नलिने भएका छन् ।
रास्वपा सभापति समेत रहेका संसदीय दलका नेता रवि लामिछानेले सभामुख देवराज घिमिरलेलाई अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा पार्टीले नलिने गरि व्यवस्था मिलाई दिन आग्रह गरेका छन् ।
लामिछानेले सामाजिक सञ्जाल फेशबुक मार्फत यसको जानकारि गराएका छन् ।
साथै रास्वपाले संसद् बैठक नियमित चलाउन सभामुखलाई पहलकदमी गर्न पनि आग्रह गरेको छ । नेकपा एमालले साउन १० गते यता सुन तस्करि प्रकरण उच्चस्तरिय छानबिन समिति गठनको माग गर्दै लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

ताजा अपडेट
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा


प्रतिक्रिया