कांग्रेस संसदीय दलको बैठक जारी, यी विषयमा हुँदैछ छलफल
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक सुरु भएको हो ।
कांग्रेसले संसदीय दलको बैठकमा छलफलका लागि ६ वटा एजेण्डा तय गरेको छ । कांग्रेसले निरन्तर रुपमा भइरहेको सदन अवरुद्धको विषयलाई पहिलो प्राथमिकतामा राखेको छ ।
यस्तै, बैठकमा पार्टीका सांसद सुनिल शर्मा पक्राउको विषयमा पनि छलफल हुने जनाइएको छ । सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार पक्राउ गरेको थियो ।
बैठकमा आगामी दिनमा संसद्मा कांग्रेस कसरी प्रस्तुत हुने, डेङ्गु रोगको रोकथाम, पशुपंक्षीमा लाग्ने लम्की रोगको उपचार, मानिसमा आँखा पाक्ने रोगको उपचारबारेमा सरकारको ध्यानाकर्षण गराइने जनाइएको छ ।
बैठकका एजेन्डा बिहीबारको कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले तय गरेको थियो ।

ताजा अपडेट
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा


प्रतिक्रिया